Logo

अर्थ

आज पनि घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (बिहीवार) पनि घटेको छ । भदौ ९ गतेबाट घट्न थालेको मूल्य बिहीबार पनि निरन्तर घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार १००, तेजावी सुनको ९२ हजार ६०० कायम भएको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य ११ सय रुपैयाँमा आइपुगेको छ । बुधबार ९४ हजार रुपैयाँमा छापावल, ९३ हजार ५०० र चाँदीको मूल्य ११ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १२:१०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।