Logo

प्रमुख समाचार

डोटीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय



कैलाली । नेपाली कांग्रेस डोटीले जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एक्लै चुनाव लड्ने निर्णय गरेको जिल्ला सचिव गणेश खड्काले जानकारी दिए ।

यहाँ माओवादी र नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेका छन् । माओवादीबाट मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा एसबाट पूर्वमन्त्री प्रेम आले गठबन्धनबाट सिटको दाबी गरिरहेका छन् ।

डोटीमा गठबन्धनको मापदण्डअनुसार नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले टिकट पाउँछन् । तर स्थानीय चुनावमा सबै दल मिलाउँदा पनि कांग्रेस एक्लै भारी रहेकाले कुनै हालतमा आलेका लागि कांग्रेसको सुनिश्चित सीट नछाड्ने अडान नेताहरुको छ । जसले गठबन्धनभित्र सिट बाँडफाँटको विषय थप सकसपूर्ण बन्ने संकेत गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १९:३७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।