Logo

राजनीति

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा पठाइयो



काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माणका लागि सरकारले ल्याएको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ (तेस्रो संशोधन) विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गरेका थिए ।

मन्त्री शर्माले प्रमुख प्रतिपक्षका सांसदले गरेको मागबमोजिम नै आफूले उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरेको बताए ।

विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले यो निकै महत्त्वपूर्ण विधेयक भएको, सरोकारवालाले चासो देखाएको टिप्पणी गर्दै समितिमा छलफल गराई सबैलाई स्वीकार्य हुने गरी अघि बढाउन माग गरेकाले आफूले सोहीअनुसार विधेयकलाई समितिमा पठाउन प्रस्ताव गरेको उनले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १४:४३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।