Logo

राजनीति

सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक : प्रचण्ड



सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेको बताएका छन् । कुन–कुन क्षेत्र र प्रदेशमा दाबी गर्ने र जित्ने आधार के हो भन्ने गृहकार्य गरेर दलहरु शनिबारको बैठकमा प्रस्तुत हुने उनले बताए ।

शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले अर्को गठबन्धन बनाउने अवस्थामा नरहेको र यही गठबन्धनबाट स्थानीय चुनावको अनुभवबाट शिक्षा लिएर करेक्सन गरेर जाने गरी लागिपरेको बताएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १४:५८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।