Logo

प्रमुख समाचार

काठमाडौं ८ मा कांग्रेस नेतृ सपना जोशीकाे दाबी



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्न नेपाली कांग्रेस नेता सपना जोशीले आवेदन दिएकी छन् । मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि कांग्रेस नेता स्व. नवीन्द्रराज जोशीकी पत्नीसमेत रहेकी जोशीले प्रत्यक्षतर्फ उम्मेदवार हुनका लागि आवेदन दिएकी हुन् ।

यसै क्षेत्रबाट राजुराज जोशीले पनि उम्मेदवारीका लागि आवेदन दिएका छन् । उनीहरूको आवेदनलाई क्षेत्रीय कार्यसमितिले जिल्लामा पठाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार २०:२०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।