विराटनगर । लाेकतान्त्रिक समाजवादी पार्टीका (लोसपा)का केन्द्रीय सदस्य नरेन्द्र अग्रवाल राप्रपामा प्रवेश गरेका छन् । झापा र मोरङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रवालसहित तीन दर्जन व्यक्तिलाई राप्रपामा प्रवेश गराएका हुन् ।
दुई दिनअघि कलाकार लय संग्रौला, नेपालका लागि नेपाली अभियानकी सहमहामन्त्री आरजु थापासहित नेकपा एमालेका संगठित सदस्य राजकुमार केसीलाई पनि राप्रपामा प्रवेश गराएका अध्यक्ष लिङ्देन चुनाव केन्द्रित गतिविधिमा सहभागी हुन गृह जिल्ला पुगेका हुन् ।




















प्रतिक्रिया