काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढ्दो छ । निर्वाचनको तीव्र तयारीमा जुटेका दलरुले देशभरबाट पार्टीका तर्फबाट उम्मेदवार बन्नेहरुको नाम माथिल्लो निकायमा सिफारिस गरिरहेका छन् ।
मंसिर ४ मा हुने आमनिर्वाचनका लागि अहिलेसम्म देशको राजधानीसमेत रहेको काठमाडौंमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबाट सबै क्षेत्रका उम्मेदवार सिफारिस भइसकेका छन् भने नेकपा माओवादी केन्द्रले २५ भदौसम्ममा क्षेत्रीय कमिटीको बैठक राखेर नाम सिफारिस गर्ने तयारी गरेको छ ।
काठमाडौं क्षेत्र नं. १
कांग्रेसले प्रतिनिधिसभा उम्मेदवारमा काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंहको एकल नाम सिफारिस गरेको छ । एमालेले विदुर मैनाली, रूपनारायण श्रेष्ठ र टीकाराम भट्टराई गरी तीन जनाको नाम यस क्षेत्रबाट सफारिस गरेको छ । एकीकृत समाजवादीले सावित्रा भुसाललाई सिफारिस गरेको छ भने यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेर पुकार बम र रमेश खरेललले चुनावी तयारीलाई तीव्रता दिइरहेका छन् । काठमाडौं १ मा माओवादीबाट अनिल शर्मा दाबेदार हुन् ।
काठमाडौं क्षेत्र नं. २
काठमाडौं क्षेत्र नम्बर २ मा कांग्रेसले तीन आकांक्षीको नाम सिफारिस गरेको छ । जसमा लोकेश ढकाल, दीपक कुइँकेल र प्रतिमा गौतम छन् । एमालेले एमाले मणिराम फुयाँल, माओवादीबाट रामप्रसाद खनाल, नीरज केसी, कृष्णराज सुवेदी तथा एकीकृत समाजवादीबाट माधवकुमार नेपालको नाम सिफारिस भएको छ । यस्तै स्वतन्त्रबाट कोपराज सुवेदी र रोहन कार्कीले पनि चुनावी तयारी गरिरहेका छन् ।
काठमाडौं क्षेत्र नं. ३
काठमाडौं क्षेत्र नम्बर ३ बाट कांग्रेसले उम्मेदवारका तीन आकांक्षीकोन नाम सिफारिस गरेको छ । अम्बिका बस्नेत, सन्तोष चालिसे र हरिबोल भण्डारीलाई प्रत्यक्षमा कांग्रेसले सिफासिर गरेको छ । एमालेले काठमाडौं ३ बाट कृष्ण राईलाई अघि सारेको छ भने एकीकृत समाजवादीबाट विश्वनाथ प्याकुरेल सिफारिसमा परेका हुन् । माओवादी केन्द्रका महेश्वर फुयाल यहाँका दाबेदार हुन् । यसैगरी काठमाडौं ३ बाटै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हरिशरण लामिछानेले तयारीलाई तीव्रता दिएका छन् ।
काठमाडौं क्षेत्र नं. ४
काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसको क्षेत्रीय कमिटीले गगन थापाको एकल नाम सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट तत्कालीन वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईलाई पराजित गरेका थिए । यस पटक पनि एमाले भट्टराईकै नाम सिफारिस गरेको छ । माओवादी केन्द्रबाट अमर विकले दाबी गर्दै आएका छन् । स्वतन्त्र रुपमा आकर्षण पोखरेल, अर्जुन प्रसाईं, राधा पोखरेल र शिवराज पोखरेलले पनि उम्मेदवारी घोषणा गरेर तयारीमा जुनेका छन् ।
काठमाडौं क्षेत्र नं. ५
काठमाडौं ५ बाट डा प्रकाशशरण महत, रमेश खड्का, श्याम खड्का, प्रेम खड्का र दामोदर खड्का गरी कांग्रेसबाट ५ नाको नाम सिफारिस भएको छ । एमालेबाट एमाले ईश्वर पोखरेल एकल रुपमा सिफारिस भएका छन् भने माओवादी केन्द्रबाट कल्पना शर्माको दाबी छ । एकीकृत समाजवादीका सुदेश पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिसमा परेको छ । यस क्षेत्रबाट रञ्जु दर्शना, विजय कंडेल, प्रा.डा. गोपीलाल न्यौपाने र मधुसूदन पाठक ‘सिते बा’ले स्वतन्त्र उम्मेदवारी दिँदै छन् ।
काठमाडौं क्षेत्र नं. ६
काठमाडौं–६ मा काग्रेसबाट भीमसेनदास प्रधान, र कृष्ण बानियाँ (सबुज) गरी दुई जनाको नाम प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस भएको छ भने एमालेबाट योगेन्द्र संग्रौला, लेखनाथ ऊँगाल, कल्पना रिजाल,
प्रेमराज सिलवाल, माताप्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिना गरी ७ जनाको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रबाट हिमाल शर्मा र एकीकृत समाजवादीका लक्ष्मण बिडारी सिफारिसमा परेका छन् ।
अब्दुस मियाँले काठमाडौं ६ बाट स्वतन्त्र चुनाव लड्दै छन् ।
काठमाडौं क्षेत्र नं. ७
नेपाली कांग्रेसबाट काठमाडौं ७ मा ९ जनाको नाम सिफारिस भएको छ । जसमा विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, डा. रामशरण थपलिया, नीलकाजी शाक्य, प्रमोदहरि गुरागाई, सरोज थापा, सुशील भट्ट, प्रमिलासिह डंगोल छन् । एमालेले रघुजी पन्त, विद्यासुन्दर शाक्य, इन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम माथिल्लो निकायमा सिफारिस गरेको छ । माओवादी केन्द्रका मुक्ति प्रधान र रामबाबु फुयाल सिफारिसमा परेका छन् भने एकीकृत समाजवादीबाट बसन्त मानन्धर र जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ । काठमाडौं ७ बाट यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सूर्य सिलाकारले स्वतन्त्र चुनाव लड्दै छन् ।
काठमाडौं क्षेत्र नं. ८
कांग्रेसले यस क्षेत्रबाट राजुराज जोशी र सपना जोशीको नाम सिफारिस गरेको छ । एमालेबाट राजेश शाक्यको एकल नाम सिफारिस भएको छ भने माओवादीबाट उमेश स्थापितले दाबी प्रस्तुत गरेका छन् । यसैगरी एकीकृत समाजवादीले बहालवाला मन्त्रीसमेत रहेका जीवनराम श्रेष्ठको नाम सिफारिस गरेको छ भने सुनम सायमीले स्वतन्त्र रुपमा संसदीय चुनाव लड्ने घोषणा गरेका छन् ।
काठमाडौं क्षेत्र नं. ९
काठमाडौं ९ बाट काग्रेसका ७ आकांक्षीको नाम सिफारिस गरेको छ । जसमा ध्यानगोविन्द रञ्जित, नान बास्तोला, तीराम डंगोल, गौरीप्रसाद दवाडी, जयकृष्ण महर्जन र धर्मराज गौतम छन् । एमालेबाट कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजयक्रान्ति शाक्यको नाम सिफारिस गरेको छ । यस क्षेत्रबाट माओवादीका हितमान शाक्यको दाबेदारी छ भने एकीकृत समाजवादीबाट विजय पौडेलको नाम सिफारिसमा परेको छ । विद्या श्रेष्ठ महर्जनले यहाँबाट स्वतन्त्र चुनाव लड्दै छन् ।
काठमाडौं क्षेत्र नं. १०
कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १० बाट राजन केसीको एकल नाम सिफारिस गरेको छ भने एमालेका सुरेन्द्र मानन्धर, विनोद श्रेष्ठ, शरव महर्जन, रमेश महर्जन, शम्भुराम महर्जनको नाम सिफारिसमा परेको छ । माओवादी केन्द्रबाट अञ्जना बिशंखेको दाबेदारी । एकीकृत समाजवादीबाट बटुकृष्ण थापाको नाम सिफारिसमा परेको छ ।




















प्रतिक्रिया