काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ललितपुर र भक्तपुरबाट उम्मेदवार बन्नेहरुको नाम दलहरुले सिफासिर गरेका छन् । ललितपुर र भक्तपुरमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवारहरु पनि चुनावी चटारोमा छन् ।
ललितपुर क्षेत्र नं. १
ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट उदयशमशेर राणा र रकवेलबहादुर लामाको नाम सिफारिस भएको छ । नेकपा एमालेले नवराज सिलवाल र मधुसूदन पौडेलको नाम सिफारिस गरी पठाएको छ । माओवादी केन्द्रका हरि दाहालले यहाँबाट दाबेदारी प्रस्तुत गरेका छन् । भने एकीकृत समाजवादीबाट उमेश शर्मा बजगाईंको नाम सिफारिसमा परेको छ ।
ललितपुर क्षेत्र नं. २
कांग्रेसका रामकृष्ण चित्रकार र रचन्द्र महर्जन प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् । एमालेका ज्ञानेन्द्र शाक्य र प्रेम महर्जन लालितपुर २ का दाबेदार हुन् भने माओवादीका राजकाजी महर्जनले पनि पार्टीका तर्फबाट दाबेदारी प्रस्तुत गरेका छन् । एकीकृत समाजवादीबाट कृष्णलाल महर्जन, माधव पौडेल, रामसिंह महर्जन, सूर्यबहादुर थापा र विकास बज्राचार्य गरी ५ जनको नाम माथि सिफारिस गरी पठाएको छ ।
ललितपुर क्षेत्र नं. ३
कांग्रेसका मदनबहादुर अमात्य र जितजंग बस्नेतको नाम सिफारिसमा परेको छ । एमालेका प्रेमभक्त महर्जन र अमृत खड्काले यहाँबाट चुनाव लड्ने दाबी पेश गरेका छन् भने माओवादीबाट बहालवाला मनत्री पम्फा भुसाल यहाँका दाबेदार हुन् । एकीकृत समाजवादीका प्रवेश हमाल, स्वयम्भुराज डंगोल र सुदर्शन मिश्रको नाम सिफारिसमा परेको छ । यस्तै ललितपुर ३ बाट राजाराम तण्डुकार स्वतन्त्र चुनाव लड्दै छन् ।
भक्तपुरका दुई क्षेत्रमा सिफारिसमा परेका आकांक्षीहरु
भक्तपुर क्षेत्र नं. १
भक्तपुर–१ बाट कांग्रेसका बाबुराजा जोशीको एकल नाम सिफारिसमा परेको छ । एमालेका सोम मिश्र यस क्षेत्रका दाबेदार हुन् भने माओवादीका दिलिप प्रजापती, एकीकृत समाजवादीका राजेन्द्र कोजू, विनोद केसी र ओमचरण अमात्यको नाम सिफारिस भएको छ ।
भक्तपुर क्षेत्र नं. २
कांग्रेसले कसि दुर्लभ थापा, मदनकृष्ण श्रेष्ठ र कवीर राणा, विनोद कायस्थ र सुनील ठकुरीको नाम सिफासिर गरेको छ भने एमालेबाट महेश बस्नेतको दाबी छ भने माओवादी केन्द्रबाट रामप्रसाद सापकोटाले दाबी पेश गरेका छन् । एकीकृत समाजवादीबाट श्यामसुन्दर बस्नेतको सिफासिरमा परेको छ ।




















प्रतिक्रिया