गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा सबै दलको साझा उम्मेदवार बनेर गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने चाहना रहेको बताएका छन् ।
गृहजिल्लामा शनिबार पत्रकारसँग कुराकानी गर्दै भट्टराईले पहिलेकै निर्वाचन क्षेत्र गोरखा २ बाट आगामी चुनावमा उम्मेदवार बन्ने घोषणा गरे । गठबन्धनबाट अन्तिम टुंगो लगाउन भने बाँकी रहेको उनले प्रस्ट्याए ।
गोरखालाई विकास र समृद्धिको बाटोमा लैजाने प्रतिबद्धता भएकाले सबैको साथ सहयोग रहने भट्टराईले बताए । यस पटक दलविशेष, नेता विशेषको भन्दा पनि साझा ब्यक्तित्वको रुपमा प्रस्तुत हुने चाहना रहेको भट्टराईले सुनाए ।
सुशासन र समृद्धि थेगो जस्तो बनेकाले मार्गचित्र बनाएर अघि बढ्ने उनले बताए । ‘अर्थमन्त्री, प्रधानमन्त्री हुँदा केही काम गरेको छु, अवसर मिले अबको पाँच वर्ष देशलाई सुशासन र समृद्धिको मार्गचित्र बनाएर गोरखालाई मोडेलको रुपमा अघि सार्ने सोच छ,’ उनले भने,‘यही एजेन्डामा सबै दलले साझा उम्मेदवारको रुपमा प्रस्तुत गर्नुहुन्छ भन्ने विश्वास छ ।’ केही दिनमै गठबन्धन दलले तालमेलको टुंगो लगाउने पनि उनले बताए ।




















प्रतिक्रिया