काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेपाली कांग्रेस गठबन्धन बेगर आफूहरुसँग आँखा जुधाउन नसक्ने अवस्थामा पुगेको बताएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा नेम्वाङले स्थानीय चुनावमा लोकप्रिय मतको आधारमा एमाले पहिलो पार्टी बनेको र कांग्रेसले एमालेसँग आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे ।
साथै आफ्ना पूर्वसहकर्मी माधव नेपाललाई एमालेमा फर्कन उनले आह्वान गरे । एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको भन्दै उनले यस्तो आह्वान गरेका हुन् ।
कीकृत समाजवादीलाई जनताले अस्वीकार गरिसकेको बताए । तर माधव नेपालले जनमत स्वीकार नगरेको उनको आरोप छ । माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा १७ प्रतिशत मत ल्याएपनि गत स्थानीय निर्वाचनमा १२ प्रतिशत मतमा खुम्चिएको उनले बताए ।




















प्रतिक्रिया