काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रञ्जन कोइरालाको मुद्दा फैसलामा आफूलाई प्रायश्चित भएको बताएका छन् ।
महाअभियोग सिफारिस समितिमा आज (आइतबार) तेस्रो दिनको बयानमा जबराले यस मुद्दामा आफूले विवेक प्रयोग गरेको तर यसमा गल्ती भएको र यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए ।
‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित भएको छ’, उनले भने । श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजाय जबराले ८ वर्षमा झारेका थिए ।
महाअभियाेग सिफारिस समितिकाे अर्काे बैठक २५ भदौमा बस्ने छ । जबरासँग समितिले आज पाँचवटा प्रश्न साेधेकाे थियाे । निर्वाचनकाे तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।




















प्रतिक्रिया