Logo

प्रमुख समाचार

कांग्रेस गणतन्त्रमा जान मानेको थिएन, हामीले सबैभन्दा पहिले आन्दोलन थालेका हौं : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले कांग्रेस र माओवादीभन्दा पहिले आफूले गणतन्त्रको अभियान अघि बढाएको दाबी गरेका छन् । अध्यक्ष नेपालले २०६२/६३ को जनक्रान्तिलाई गणतन्त्रमा लैजान तत्कालीन नेकपा एमालेको तर्फमा आफूले आँट गरेको जिकिर गरे ।

मार्क्सवादी ज्ञान केन्द्रले आइतबार आयोजना गरेको कार्यक्रममा नेपालले भने, ‘गणतन्त्र ल्याउन विभिन्न पार्टीभित्र बहस भयो । कांग्रेस गणतन्त्रमा जान मानेको थिएन । माओवादी गणतन्त्रवादी भए पनि कहिले सांस्कृतिक राजा, कहिले के केका कुरा चलिरहेका थिए । तत्कालीन एमाले हाम्रो पार्टीभित्र पनि विवाद भयो । २०६२ असार र साउनमा बसेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रको दिशामा जाने निर्णय गरेको हो । कांग्रेस सँगै जान मानेन । हामीले बुटवलबाट एक्लै आन्दोलन अघि बढायौं ।’

अध्यक्ष नेपालले जनताबाट अनुमोदित हुन कम्युनिष्ट पार्टीले कहिल्यै अनुदार बन्न नहुने बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १७:०१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।