Logo

राजनीति

एमाले उपाध्यक्ष थापालाई मातृशोक 



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापालाई मातृशोक परेको छ । थापाकी आमा नन्दकुमारी थापा मगरको आज निधन भएको एमाले नेता योगेश भट्टराईले बताएका छन् । ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड  रामबहादुर थापाकी ममतामयी आमा नन्दकुमारी थापामगरको आज निधन भएको छ ।

दिवंगत आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै कमरेड रामबहादुर लगायत शोक सन्तप्त सम्पूर्ण परिवार र आफन्जजनहरूमा गहिरो समबेदना व्यक्त गर्दछु,’ भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 
 

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १७:४९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।