Logo

राजनीति

एमाले बाराबाट प्रतिनिधिसभा निर्वाचन उम्मेदवारमा आठ जनाको नाम सिफारिस



बारा । नेकपा एमाले बाराले प्रतिनिधिसभा सदस्यका लागि आठ जनाको नाम सिफारिस गरेको छ । चार निर्वाचन क्षेत्र रहेको जिल्लामा ८ जना उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पुरुषोत्तम पौडेल, अच्यूत प्रसाद मैनाली र मंजु साहको नाम सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ बलबीर चौधरीको एकल नाम सिफारिस गरेको छ ।

यसैगरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ज्वाला साह, अध्यानन्द पाण्डे र एम समिउल्लाहको नाम सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ देवनारायण चौधरीको एकल नाम सिफारिस गरेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १९:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।