Logo

राजनीति

गठबन्धन कार्यदलले सिट बाँडफाँटको टुंगो लगाएर आजै सहमति सार्वजनिक गर्ने



काठमाडौं । सिट बाँडफाँटको टुंगो लगाउन आब (बुधबार) गठबन्धन कार्यदलको बैठक बस्दैछ । साँझ ५ बजे बस्ने बैठकमा कार्यदलले दलहरुले पाउने सिट संख्या टुंग्याएर आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको र त्यसलाई लिपिवद्ध गर्न मात्र बाँकी रहेकोले बुधबारको बैठकले प्रतिवेदन नै तयार पार्ने बताएका छन् ।

सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति जुटाइएको बताइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ११:३१   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।