काठमाडौं । प्रभु बैंक लिमिटेड र डिस मिडिया नेटवर्कबीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिस मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटाले सम्झौतामा हस्ताक्षर गरे ।
उक्त सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्ने ग्राहकहरुले डिसहोम टिभी र डिसहोम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने भएका छन् भने डिस मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी, डिलर तथा ग्राहकहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।





















प्रतिक्रिया