Logo

राजनीति

उपत्यकामा निशेधाज्ञा कडाइ सुरु, बिहीबारदेखि राती सवारी सञ्चालनमा रोक



सरकारले उपत्यकामा निशेधाज्ञा कडाइको सुरुवात गरेको छ । यसको सुरुवात बिहीबार साँझ ८ बजेबाट सवारी साधनमा रोक लगाएर गरिएको हो । 

मंगलबार उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा बिहीबार साँझदेखि सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढेकोले यसलाई नियन्त्रण गर्न सवारीमा रोक लगाइएपनि उक्त समयमा अत्यावश्यक सवारी साधनहरु भने चलाउन पाइनेछ । 

जिल्ला प्रसाशन कार्यालय काठमाडौंकी सहाय प्रमुख अधिकारी कल्पना घिमिरेले नेपालले साँझ ८ बजेदेखि प्रतिवन्ध लगाइएको भन्दा पनि उक्त समयभित्र गन्तव्यमा पुग्न आग्रह गरेको बताइन् । अनलाइनपानालाई मंगलबारको निर्णको जानकारी गराउँदै अत्यावश्यक सवारीलाई जतिबेला पनि सञ्चालन गर्न दिएको बताइन् । साँझ ८ बजेको समय निर्धारण गरिएको भएपनि राती वा बिहान कति बजेदेखि चलाउन पाइने भन्ने बारे भने निर्णय नगरेको उनले बताईन् ।

बिहीबारदेखि लागू हुने गरी थपिएको निशेधाज्ञा भदौ ८ गतेसम्म कायम रहनेछ । 

 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार १५:१०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।