Logo

मनोरञ्जन

पत्रकारद्वय धमला र सुवेदीलाई यमन इन्टरटेन्मेन्टको सम्मान



काठमाडौं । नेपाली मनोरञ्जनको क्षेत्रमा विविध क्रियाकलापका साथ सक्रिय यमन इन्टरटेन्मेन्ट प्रा.लि.ले पत्रकारद्वय ऋषि धमला र प्रकाश सुवेदीलाई सम्मान गरेको छ । गीतकार निर्मला थपलियाद्वारा लिखित गीति संग्रह ‘सपनाको संसार’को लोकार्पण तथा सोही गीति संग्रहमा संग्रहित ‘आमा’ बोलको गीतको भिडियो सार्वजनिक समारोहमा पत्रकारद्वय धमला र सुवेदी सम्मानित भएका हुन् ।

सार्वजनिक गरिएको भिडियोको गीतमा ताराबीर पाण्डेको संगीत तथा प्रमोद खरेलको स्वर रहेको छ । संगीतकार पाण्डेले नै निर्देशन गरेको भिडियोमा सरिता लामिछाने, एलेक्स खड्का, ड्रिम दुलाल, मौसम खड्का र सरु पुरीको मर्मस्पर्शी अभिनय समेटिएको छ भने ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन रहेको छ ।

उक्त समारोहमा भिडियो हेरेका सबैले गीत, संगीत, स्वर तथा भिडियोको खुलेर तारिफ गरेका थिए । पत्रकार धमलाले आफू ७ वर्षको हुँदा आमा गुमाएको स्मरण गर्दै आमा बोलको भिडियो विमोचन समारोहमा सम्मानित हुन पाउँदा अत्यन्तै गौरवको महसुस भएको बताएका थिए भने सुवेदीले पनि आमा शब्दभित्र सम्पूर्ण संसार रहेको बताएका थिए । आफ्नो प्रतिक्रिया दिने क्रममा धमला र सुवेदीले एकले अर्काको प्रशंसा गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि रहेका बरिष्ठ कवि तथा गीतकार अमर बान्तुले उद्घाटन पश्चात शिव ताण्डव वाचन गर्दा माहोल रोमाञ्चक बनेको थियो । प्रमुख अतिथि बान्तुले गीतकार थपलियाले लेखेका विभिन्न गीतहरु वाचन गर्दै उनको उज्जवल भविष्यको कामना गरेका थिए ।

‘आमा’ बोलको गीतको म्युजिक भिडियो

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १३:१५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।