एजेन्सी । ‘ब्रह्मास्त्र पार्ट १: शिवा’ रिलिज भएको छ । पहिलो भागको कथा रणवीर कपूरको चरित्र ‘शिवा’ वरपर केन्द्रित छ ।
दोस्रो भागको शीर्षक ‘ब्रह्मास्त्र भाग २- देव’ राखिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ऋतिक रोशन र रणवीर सिंह देवको भूमिका खेल्ने दौडमा छन् ।
इन्डिया टुडेको रिपोर्टअनुसार निर्माताले रणवीर सिंह र ऋतिक रोशनलाई ‘ब्रह्मास्त्र पार्ट २’ मा भूमिका खेल्न अप्रोच गरेका छन् । ‘ब्रह्मास्त्र पार्ट वन: शिवा’ तीन शृङ्खला मध्येको पहिलो भाग हो ।
फिल्मले नयाँ सिनेमेटिक ब्रह्माण्ड ‘द एस्ट्राभर्स’ को सुरुवात गरेको छ । ‘ब्रह्मास्त्र पार्ट २’ मा मुख्य नायिकाका लागि दीपिका पादुकोणलाई छनोट गर्न सकिने बताइएको छ । बलिउड लाइफका अनुसार दीपिकाले ‘ब्रह्मास्त्र’को एक दृश्यमा रणवीर कपूरकी आमाको भूमिका निर्वाह गर्ने छिन् ।
दीपिका पादुकोणको चरित्रले शिवाको समग्र प्रगति र परिवर्तनलाई आकार दिने छ । फिल्मको ट्रेलर रिलिज भएदेखि नै फ्यानहरूले फिल्ममा दीपिकाको उपस्थितिको चर्चा गर्दै आएका थिए ।





















प्रतिक्रिया