काठमाडौंको गुहेश्वरीमा आज एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
मकवानपुरको हेटौंडा घर भई हाल काठमाडौंको चाबहिलमा बस्दै आएका ३९ बर्षिया राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेका महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ। मृत रञ्जना ६ महिनाकी गभर्वती भएको तथ्य खुलेको छ।
हत्यापछि श्रीमान आफैंले नै प्रहरी हटलाइन १०० नम्बरमा फोन गरि आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए । उनले फोन गरेपछि प्रहरी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा श्रीमती रन्जनाको शव फेला परेको थियो ।
श्रीमतीसँग झगडा भएपछि आफूले घाँटी थिचेर हत्या गरेको श्रेष्ठले स्वीकारेको प्रहरीले जानकरी दिएको छ। यस घटनाको बिषयमा श्रेष्ठलाइ हिरासतमा लिएर थप अनुसन्धान भैरहेको छ। गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले घटनाको पुष्टि गर्दै अनलाइनपानालाइ जानकारी दिए ।
प्रतिक्रिया