नेपाली कांग्रेसकी नेत्री तथा सांसद डा. डिला संग्रौला पन्तले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरे अनुसार करोडौं खोपको बारेमा जानकारी मागेकी छिन् । ‘पुर्व प्रधानमन्त्री केपी ओलीले संसदमा बोल्ने क्रममा करोडौं खोप ल्याइदिएको बताउनु भएको छ, ल्याई दिनु भएको त्यसको अवस्था बारे जानकारी गराउनु पर्यो ।’ संग्रौलाले प्रतिनिधिसभाको बैठकमा भनिन् ।
खोपको सहज व्यवस्थापनका लागि सरकारले गरेका कार्यहरुको जवाफ माग्दै प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा उनले भनिन्, ‘खोप लगाउन जनता बिहानैदेखि भीडभाडमा उभिनु परिरहेको छ। अहिले पनि लाखौं डोज खोप लगाउन सकिएको छैन ।’
खोलिाई लीक्षत वर्गको सहज पहुँच पुग्ने गरी व्यवस्थापन गर्नु पर्नेमा डा. संग्रौलाको जोड रहेको छ ।
प्रतिक्रिया