Logo

राजनीति

सार्वजनिक जग्गामा बनाइएका जडीबुटी क्षेत्रका संरचनामा पनि चल्यो महानगरको डोजर



काठमाडौं । काठमाडौंभित्रका अवैध संरचना महानगरपालिले धमाधम हटाइरहेको छ । यसै क्रममा आज (आइतबार) वडा नम्बर–३२ स्थित जडीबुटी क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घरमा महानगरले डोजर चलाएको छ ।

उक्त क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका ५ देखि ७ वटा घरहरु रहेका छन् । ती घरहरुलाई हटाउन बारम्बार अनुरोध गरे पनि अटेर गरेपछि घर नै भत्काउन् परेको नगर प्रहरीले बताएको छ ।

यसअघि आइतबार नै महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचनामा डोजर चलाएको थियो । सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटक पटक माइकिङ गर्दै आएको थियो । तर महानगरको सूचना अटेर गरेर फुटापथ ढाकेर बनाएको पाली, भर्‍याङ, सिंडीहरु हटाउन महानगरले डोजर चलाएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

महानगरले यसअघि काठमाडौंका विभिन्न स्थानका नक्सा पास नगरी निर्माण गरिएका संरचनामा पनि डोजर चलाएको थियो । महानगरले अवैध रुपमा बनेका ठूला संरचनालाई नक्सा पास गर्न बिहीबार ९० दिनको अल्टिमेटम दिएर सूचना जारी गरेका छ भने सीमा पर्खालको नक्सा ३५ दिनभित्र पास गरिसक्न अभनेको छ ।

याे पनि…

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १९:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।