मेगा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब ३० करोड २५ लाखभन्दा बढी खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको भन्दा गत वर्ष खुद नाफा ४५ दशमलव १६ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ५८ करोड ६२ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी करिब ३९ प्रतिशत बढ्दा सञ्चालन नाफा ४६ दशमलव ३० प्रतिशत बढेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी रू. ५ अर्ब ८० करोडभन्दा बढी र सञ्चालन नाफा रू. ३ अर्ब २७ करोडभन्दा बढी भएको हो ।
यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ५१ करोड ५८ लाखभन्दा बढी छ । अघिल्लो वर्ष यो रकम रू. १ अर्ब ११ करोड ५९ लाखभन्दा बढी थियो । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको वितरणयोग्य नाफा करिब ३६ प्रतिशत बढी भएको हो । ११ दशमलव ५४ प्रतिशतले पूँजी बृद्धि गरी रू. १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार पुर्याएको बैंकको जगेडा कोष रकम करिब १६ प्रतिशत बढी रू. ५ अर्ब ६४ करोड ८७ लाख कायम भएको छ ।





















प्रतिक्रिया