Logo

बैंकिङ

बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाईग्नोष्टिकमा १० प्रतिशत छुट 



बैंक अफ काठमाण्डू लिमिटेड र सम्यक डाईग्नोष्टिक प्रालिबिच प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरुमा छुट दिने सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोडको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।  

यस सम्झौता पश्चात् ग्राहकहरुले सम्यक डाईग्नोष्टिक प्रालिले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशतसम्म छुट पाउनेछन् । सम्यक डाईग्नोष्टिकले काठमाडौं उपत्यकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।       

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।  

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १३:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।