नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि जारि गरेको मौद्रिक नीति अनुसार शेयर धितोराखेर लिने कर्जामा कडाइ हुने भएको छ । राष्ट्र बैंकले शेयर कर्जामा निश्चित सिलिङ तोकिदिएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै अब सेयर धितो ऋण बढीमा १० करोड रुपैयाँसम्म मात्र लिन पाइने व्यवस्था गरिएको उल्लेख गरे ।
एक बैंकबाट बढीमा तीन करोड र सबै संस्था गरेर १० करोड रुपैयाँसम्म मात्र ऋण लिन पाइनेछ । यदि कसैले यो सीमाभन्दा बढी ऋण लिएको भए एक बर्षभित्र झारिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया