नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा सवारी कर्जाको व्यवस्थालाई यथावत राखेको छ । निजी सवारी साधन खरिदमा अघिल्लो व्यवस्थालाई नै निरन्तरता दिएको छ ।
निजी प्रयोजनका सवारीलाई विलासी साधनका रूपमा व्याख्या गर्दै आएको सरकारले यो वर्ष पनि अटो कर्जाको व्यवस्थालाई निरन्तरता दिने आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीति मार्फत यस्तो व्यबस्था गरेको हो ।
यसअघि सवारीको मूल्यमा ५० प्रतिशतसम्म ऋण पाइने व्यवस्था थियो । यो वर्षको मौद्रिक नीति अनुसार निजी सवारी साधन किन्नेले मूल्यको ५० प्रतिशत रकम (डाउन पेमेन्ट)को भुक्तानी गरेपछि बैंकले ५० प्रतिशत ऋण दिने छन् ।





















प्रतिक्रिया