माछापुच्छ्रे बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ६३ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको भन्दा २९.३६ प्रतिशत धेरै हो । बैंकले गत वर्षको यसै अवधिमा १ अर्ब २६ करोड रुपियाँ नाफा कमाएको थियो ।
गत आर्थिक वर्षमा बैंकको वितरण योग्य नाफा १ अर्ब १३ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्म आउँदा बैंकको खुद ब्याज आम्दानी चार अर्ब ३२ करोड रुपैयाँ छ ।
बैंकको आम्दानी गत आर्थिक वर्षको यसै त्रैमाससम्मको भन्दा ४६ करोड रुपैयाँ धेरै हो । अघिल्लो आर्थिक वर्षको यसै त्रैमाससम्म बैंकले तीन अर्ब ८६ करोड रुपियाँ आम्दानी गरेको थियो ।
यस अवधिसम्म बैंकको सञ्चालन नाफा २ अर्ब ४७ करोड रुपैयाँ छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिको भन्दा ५५ करोड रुपैयाँले धेरै हो । अघिल्लो आर्थिक वर्षमा यस बैंकको नाफा एक अर्ब ९२ करोड रुपैयाँ थियो ।





















प्रतिक्रिया