काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुनः बयानका लागि बोलाएको छ । पूरक प्रश्न सोध्न शुक्रबार विहान ९ बजे उनलाई बोलाइएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।
समितिले बिहीबार यसअघिको बयानका क्रममा चोलेन्द्रले नाम लिएका कानुन व्यवसायीसँग छलफल गरेको थियो । छलफलका क्रममा कानुन व्यवसायीले उनीमाथि गम्भीर प्रश्नहरु खडा गरेपछि पुनः बयानका लागि चोलेन्द्रलाई बलाइएको हो ।
समितिसँगकाे छलफलमा कानुन व्यासायीहरुले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रले पैसाेमा बिकेर गम्भीर प्रकृतिका मुद्दामा पीडककाे पक्षमा फैसला गरेकाे, आफूहरुविरुद्ध अनेक पटकथा रचेकाे, निच स्तरकाे ठानेर बदनाम गरेकाे जस्ता आराेप लगाएका छन् ।
यस्तै पूर्व प्रधानन्यायाधीशहरुले पनि बयानका क्रममा चाेलेन्द्रले आफूहरुमाथि कपाेलकल्पित आराेप लगाएकाे भन्दै पुष्टि गरेर देखाउन चुनाैती दिएका छन् ।
याे पनि…
पैसामा बिकेर जबराले रञ्जन कोइरालाको मुद्दामा फैसला गरे : वरिष्ठ अधिवक्ता थापा
जबराले बदनाम गरे, कानुनी उपचारको बाटो खुला गरियो : अधिवक्ता अर्याल
जबरालाई कुनै अमुक पार्टीले बोक्नु गलत : पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ
प्रतिक्रिया