काठमाडौं । आज प्रतिनिधिसभाको अन्तिम बैठक बस्ने भएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तय भएको छ । २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएको बन्द सूचि आज राति १२ बजेदेखि कायम नरहने निर्वाचन आयोगकोले जनाएको छ । असार २ गते आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूच बुझाउने कार्यतालिका छ ।
राष्ट्रपति कार्यालयले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यसम्बन्धी पत्र पनि संसदलाई पठाएको छ । चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुनेगरि पत्र पठाइएको हो । शुक्रबार मन्त्रिपरिषदले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो ।
कार्यकाल विवाद रहिरहेका बेला सरकारको सिफारिसमा अधिवेशन अन्त्य गर्न लागिएको हो । निर्वाचन आयोगले समानुपातिक बन्दसूची बझाउनुभन्दा अघिल्लो दिनसम्म कार्यकाल रहने जनाउ संसदलाई दिएको थियो ।
आज दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रपतिको पत्रबारे जानकारी दिइने छ । यस्तै, अधिवेशनमा भए गरेका कामबारे पनि जानकारी गराइने छ ।
प्रतिक्रिया