Logo

राजनीति

महाअभियोग सिफारिस समितिको बैठक शुरू, अन्तिम बयान दिँदै चोलेन्द्र



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग सिफारिस समितिको बैठक शुरू भएको छ । संसद सचिवालय सिंहदरबारमा शुरू भएको बैठकमा समितिका पदाधिकारी र राणा उपस्थित छन् ।

बैठकमा राणाले बयानको उतार गरिएका प्रत्येक पानामा हस्ताक्षर गरिरहेका छन् । बयानको उतार अध्ययनका लागि राणाले शुक्रवार घर लगेका थिए ।

बयानको उतारका पानामा राणाले हस्ताक्षर गरिसकेपछि केही पुरक प्रश्न सोधिने र शनिवारै प्रतिवेदन तयार गरेर संसदमा बुझाइने जनाइएको छ । प्रतिनिधि सभाको कार्यकाल शनिवारै रातिबाट सकिने भएको छ । समितिले कार्यकाल सकिनुअघि नै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार १०:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।