Logo

५ सयले घट्यो सुनको मूल्य, हेर्नुस् आजको बजारभाउ



नेपाली बजारमा आज मंगलबार सुन तथा चाँदीको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला  ५ सयले घटेर  ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि घटेर प्रतितोला ९४ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन सोमबारको बजारमा ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार १२:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।