Logo

राजनीति

चोलेन्द्र सर्वोच्च फर्कन लागेपछि अदालत परिसरमा सुरक्षा व्यवस्था कडा



काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आज अदालत फर्कने भएका छन् । कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि शनिबार नै सूचना दिएको स्रोतले जानकारी दिएको छ । ‘म आउँछु, तयारी बढाउनु’ चोलेन्द्रले कामु मुख्य रजिष्ट्रारलाई भनेका थिए । 

उनले अदालतमा फर्कनेबारे छलफल गरिरहेका छन् । चोलेन्द्र अदालतमा फर्कने सूचना पाएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्का बढाइएको छ ।

महाभियोग सिफारिस समितिले शनिबार राती सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग सिफारिस गर्दै प्रतिवदेन बुझाएको थियो । 

चोलेन्द्रलाई फर्काउने र नफर्काउने भन्नेबारे सर्वोच्च अदालतमै दुई गुट छन् । यसअघि चोलेन्द्रलाई नमान्ने भन्दै सबै न्यायाधीशले नै बेन्च बहिस्कार गरेका थिए । केही न्यायाधीश र कर्मचारी भने चोलेन्द्रको पक्षमा छन् । 

प्रकाशित मिति : २ आश्विन २०७९, आईतवार ०९:५७   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।