पोखरा । गण्डकी प्रदेशबाट स्वतन्त्रहरूको समूह लौरो अभियानका १० जनाले उम्मेदवारी घोषणा गरेका छन् । पोखरामा आयोजित एक कार्यक्रमकाबीच गण्डकीका विभिन्न जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभामा उनीहरुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
अभियानका संयोजक सुमन सायमी, रोहन कार्की, प्रवक्ता हरि कार्कीलगायतको उपस्थितिमा आयोजित कार्यक्रममा उनीहरूले पुरानो नेतृत्वको विकल्पमा आफूहरू रहेको दाबी गरे । गण्डकीबाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा रहेका स्वतन्त्रहरुमा मुस्ताङबाट राप्के गुरुङ, नवलपुर १ बाट तुल्सी भुसाल, स्वाङजा १ बाट सोमबहादुर नेपाली र तनहुँ २ बाट विष्णु पराजुली छन् ।
प्रदेशसभातर्फ कास्की १ (क) सुचेन्द्र परियार र (ख) बाट महेश श्रेष्ठ, कास्की ३ (क)बाट खेम तिमिल्सिना, स्याङ्जा १ स्याङ्जा १ (क) मकुल मियाँ र (ख) मा नरेन्द्रबहादुर थापा क्षेत्री तथा नवलपुर १ (क) बाट बद्री काफ्लेले उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रतिक्रिया