नबिल बैंकको नाफा गत आर्थिक वर्षमा ३०.०६ प्रतिशतले बढेको छ । बैंकले गत आवको चौथो त्रैमासमा खुद नाफा ३०.०६ प्रतिशत बढाएर ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ कमाएको छ । बैंकले अघिल्लो आवको सोही अवधिमा भने तीन अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार यसले खुद ब्याज आम्दानी बढाउदा यसको खुद नाफा पनि बढेको हो । यसले गत वर्ष १०।६४ प्रतिशतले ब्याज आम्दानी बढाएर सात अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ आम्दानी पुर्याएको छ । यसले अघिल्लो वर्ष ६ अर्ब ९८ करोड ३६ लाख ६५ हजार रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा ३६.२९ प्रतिशतले बढाएको छ । यसको वितरणयोग्य नाफा ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ रहेको छ । यस्तो नाफा अघिल्लो वर्ष ३ अर्ब चार करोड २२ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
गत आवमा बैंकले नेट फि तथा कमिशन आम्दानी १९.७४ प्रतिशत बढाएको छ । यसले गत आव गरेको यस्तो नेट फि तथा कमिशन आम्दानी एक अर्ब ४८ करोड ७१ लाख ११ हजार रुपैयाँ छ । यसको सञ्चालन मुनाफा २६.३५ प्रतिशत बढेर ६ अर्ब ४३ करोड ५१ लाख ७२ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा ३६.२९ प्रतिशत बढेर ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ र कुल सञ्चालन मुनाफा २४.३२ प्रतिशत बढेर ११ अर्ब ३४ करोड ३३ लाख ८८ हजा रुपैयाँ पुगेको छ ।
गत आवमा बैंकको चुक्ता पुँजी ३७.११ प्रतिशत बढेर १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ, जगेडा कोष २३.६४ प्रतिशत बढेर १५ अर्ब २ कोड २७ लाख २८ हजार रुपैयाँ, निक्षेप १७.१२ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ४७ करोड ८० लाख ८७ हजार रुपैयाँ र कर्जा ३३.८१ प्रतिशत बढेर एक खर्ब ९८ अर्ब १० करोड ७३ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।





















प्रतिक्रिया