Logo

मनोरञ्जन

कफी विथ करण १२ को प्रोमो : शाहरुख खानको खराब बानीदेखि सुहानाको डेटिङसम्मको चर्चा



एजेन्सी । कफी विथ करणको १२ औं एपिसोडको प्रोमो सार्वजनिक भएको छ । १७ वर्षपछि शाहरुख खानकी श्रीमती गौरी खान करण जोहरको चर्चित च्याट शोमा देखिने तयारीमा छिन् । यस एपिसोडमा उनीसँगै सञ्जय कपूर र चंकी पाण्डेकी पत्नी महिप कपूर र भावना पाण्डे पनि देखिनेछन् । करण जोहरले आफ्नो सोसल मिडिया ह्यान्डलमा नयाँ एपिसोडको प्रोमो सेयर गरेका छन् ।

प्रोमोमा, करण जोहरले फिल्म निर्माता गौरी खानलाई र्यापिड फायर राउन्डमा सोधेका छन्, ‘यदि तिम्रो र शाहरुख खानको प्रेमकथामा फिल्म बनेको भए उसको नाम के हुन्थ्यो ?’ यस प्रश्नको जवाफ दिँदै गौरी खान भन्छिन्, ‘मलाई लाग्छ, दिलवाले दुल्हनिया ले जायेंगे, मलाई यो फिल्म मनपर्छ ।

कुराकानीको क्रममा गौरीले आफ्नी छोरी सुहाना खानलाई डेटिङ सल्लाह दिन चाहेको पनि खुलासा गरिन् । प्रोमोमा गौरीले आफ्नी छोरीलाई ‘एकै समयमा दुई जना केटालाई डेट नगर्नू’ भनेको सुनिन्छ त्यसपछि करण जोहर, महिप कपूर र भावना पाण्डे हाँस्न थाले।

यति मात्रै होइन, करण जोहरले गौरीलाई बलिउडका बादशाह शाहरुख खानको बारेमा कुरा गर्दा कहिलेकाहीँ उनलाई दुःख दिने बानी खुलाउन भने । यसबारे गौरीले भनिन्, ‘जब घरमा पार्टी हुन्छ, शाहरुख सबैलाई कारमा ड्रप गर्न जान्छन्, कहिलेकाहीँ मलाई लाग्छ कि उनी पार्टीमा घरभित्रभन्दा घर बाहिर बढी समय बिताउँछन् । जस्तो कि हामी सडकमा पार्टी गर्दै छौं।’

प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार  २ : ५५ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।