भुक्तानी सेवा प्रदायक कम्पनी सेलपेले रक्षा बन्धन अफर सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेल पे कार्टबाट ५ हजार वा सो भन्दा बढीको सामग्री खरिद गर्दा ५ सय क्यासब्याक पाउने जनाईएको छ ।
सो अफर भदौ १ गतेदेखि ६ गतेसम्म लागुु हुनेछ । मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट सेलपे उपयोग गर्न सकिनेछ ।
यस्तै, विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५ लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर लगायतका सुविधा रहेकोछ ।





















प्रतिक्रिया