Logo

राजनीति

आजै अपरान्ह बस्ने गरी सकियो सिट बाँडफाट गर्न बसेकाे गठबन्धनको बैठक



काठमाडौं । कार्यदल सदस्यसहित बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आजै अपरान्ह ४ बस्ने गरी सकिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

अर्को बैठक आजै अपरान्ह चार बजे पुनः बैठक बसेर ठोस छलफल गर्ने सहमति भएको बताइएको छ । निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै सत्ता गठबन्धनमा रहेका दलहरु प्रत्यक्ष तर्फका उम्मेदवार छनोटमा लागेका हुन् ।

पाँच दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको थिएन । गठबन्धनमा प्रतिनिधि सभाको १६५ सिटमध्ये ९० प्रतिशतमा सहमति जुटेपनि अन्य निर्वाचन क्षेत्रका बारेमा दोहोरो र तेहरो दावी भएकाले भागबण्डामा मिलाउन सकस पर्दै आएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार १२:५५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।