सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले बाँकेको बैजनाथ गाउँपालिका वडा नं। ३ नौबस्तामा ८५ औं र रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ०९, चेतनगर विर्तामा ८६ औं क्रमश शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।
साथै, आइतबार बैंकले सिरहाको सुखिपुर नगरपालिका वडा नं। ५ लडकन्हामा ८७ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८७ पुगेको छ ।
बैंकले सेवा सञ्चालनका लागी नौवस्ताका राम सिंह थारु, चेतनगर विर्ताका शैलेन्द्र चौधरी र लडकन्हाका स्थानीय व्यवसायी सुधिर कुमार साहलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।
सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।
प्रतिक्रिया