Logo

बैंकिङ

कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच सम्झौता 



कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिक प्रा लि. बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।  यस  सम्झौता पछि कामना सेवा विकास बैंकका कर्मचारी तथा  ग्राहक महानुभावहरुले सम्यक डायग्नस्टिकमा स्वास्थ परिक्षण गराउदा १५.५ को छुट प्राप्त सक्नुहुनेछ । यो सुविधा सम्यक डाईग्नोष्टिक को जावलाखेल तथा मध्य बानेश्वरमा रहेका  शाखाबाट प्राप्त हुनेछ । 

नेपालकै पहिलो आई .एस.ओ  १५८९: २०१२ मान्यता प्राप्त स्वास्थ प्रयोगशाला सम्यकले स्वास्थ प्रशिक्षण सम्बन्धी उतकृष्ट सुविधा प्रदान गर्दै आइरहेको छ । यो सम्झौताबाट बैंकका कर्मचारी तथा  ग्राहक महानुभावहरुले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा ७२ वटा Atm मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस बैंकले Social Media Banking, KS iMobile,  ,  जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार  ७ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।