एजेन्सी । फिल्म निर्माता अयान मुखर्जीको विशाल प्रोजेक्ट ‘ब्रह्मास्त्र भाग १: शिव’ले धेरै चर्चा पाइरहेको छ । बक्स अफिसमा आक्रामक व्यापार गरेपछि यस चलचित्रको चर्चा यतिखेर अर्को चलचित्रसँग तुलना गरेर भइरहेको छ ।
यस चलिचत्रले बक्स अफिसमा ‘यश’ अभिनित केजीएफ २ को व्यापार आँकडालाई उछिन्ने अनुमान लगाउन थालिएको छ ।भारतमा केजीएफ २ ले बक्स अफिसमा ४२७.४९ करोड भारतीय रुपैयाँ कमाएको थियो ।
यस चलचित्रलाई मेगा ब्लकबस्टर भनेर चित्रित गरिएको थियो । अहिले ब्रम्हास्त्रले बक्स अफिसमा १८० करोड भारतीय रुपैयाँ कमाइसकेको छ ।
हिन्दीमा मात्रै यसले अझै २१.१२ करोड भारतीय रुपैयाँ थप्ने अनुमान गरिएको छ । अन्य भाषामा यस चलिचत्रले २०१.१२ करोड भारतीय रुपैयाँ संकलन गर्नेछ ।
ब्रह्मास्त्रले अहिलेसम्म विश्वभर ग्रस बक्स अफिस कलेक्सनमा ३६० करोड भारतीय रुपैयाँ कमाएको छ । जबकी यो ४०० करोड भारतीय रुपैयाँभन्दा बढीको ठूलो बजेटमा बनेको हो ।
प्रतिक्रिया