Logo

बैंकिङ

ग्लोबल आइएमईको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त 



ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्  । वि.स. २०७८ साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतमा भाद्र १ गतेदेखि लागू हुनेगरी बढुवा भएका हुन् । 

करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी ०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मी अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षक हुन् । रेग्मीले वेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् ।

बैंकिङ क्षेत्रसँग सम्बन्धित दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् । 

प्रकाशित मिति : भाद्र १, २०७८ मंगलबार  १० : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।