सनराइज बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ । यसै क्रममा गत शुक्रबार र शनिबार बैंकले लुम्बिनी प्रदेश, बाँके जिल्लाको बैजनाथ गाउँपालिका– ३ नौबस्तामा ८५ औं र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका– ९, चेतनगर विर्तामा ८६ औं शाखारहित बैंकिङ सेवा सुरु गरेको थियो ।
साथै आइतबार बैंकले प्रदेश २, सिरहा जिल्लाको सुखिपुर नगरपालिका ५ लडकन्हामा ८७ औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
बैंकले सेवा सञ्चालनका लागी नौवस्ताका राम सिंह थारु, चेतनगर विर्ताका शैलेन्द्र चौधरी र लडकन्हाका स्थानीय व्यवसायी सुधिर कुमार साहलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराइने बताइएको छ ।
बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८७ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।





















प्रतिक्रिया