काठमाडौं – सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाले दुई पत्रकारमाथि सांघातिक आक्रमण गरेका छन् । अनलाइनपानाले भरत ताल र कुमार पौडेलको विषयमा यसअघि समाचार प्रकाशन गरेको थियो ।
मेयर थापाका भाइ रामकुमार थापाले फोन गरेर उक्त विषयमा जानकारी दिने भन्दै अनलाइनपानाका पत्रकारद्वय नारायाणप्रसाद अधिकारी र शालिक भट्टलाई सर्लाही बोलाएका थिए ।
सोही आधारमा समाचारको फलोअपका लागि सर्लाही पुगेका पत्रकारद्वयमाथि मेयर थापाले गुण्डा लगाइ ज्यान जानेगरी आक्रमण गरेका छन् । मेयर थापासँग कुराकानी गर्दै गर्दा पनि ती गुण्डाहरू सोही स्थानमा बारम्बार धम्काइरहेका थिए ।
कुराकानी सकेर सार्वजनिक यातायातबाट जिल्ला प्रहरी कार्यालय सर्लाही जाँदै गरेका पत्रकारद्वयलाई बाटोमै गुडिराखेको गाडीलाई रोकेर एक्कासी गाडीमै चढी गुण्डाहरूले आक्रमण गरेका हुन् ।
आक्रमणबाट भट्ट र अधिकारी दुवै घाइते भएका छन् । आफूहरूमाथि आक्रमण गर्ने गुण्डा र मेयर थापाविरुद्ध पत्रारद्वयले इलाका प्रहरी कार्यालय हरिवनमा कारवाहीका लागि निवेदन दिएका छन् ।
प्रतिक्रिया