Logo

आजको तस्बिर

वीर अस्पताल परिसरका अनधिकृत संरचनामा महानगरको डोजर (फोटोफिचर)



काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरका अनधिकृत संरचनामा डोजर चलाएको छ । अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका आरफ फार्मेसी, किरण सन्तोष फर्मा, आयुष फर्मा, हनुमान फर्मा, पवित्र प्रोग्रेस फार्मेसी, मेगन फार्मेसी, उपकार सेवा फर्मा र सत्यम् फर्मामा डोजर चलाइएको छ।

बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो । महानगरको निर्देशन पालना नभएकाले अतिक्रमित क्षेत्र खाली गर्ने काम सुरु गरेको महानगरपालिकाले बताएकाे छ ।

नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सूचना जारी गरेको थियो ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ५ : १७ बजे