Logo

बैंकिङ

महालक्ष्मी बैंकका ऋणीहरुलाई व्याज रकममा १० प्रतिशत छुट



महालक्ष्मी विकास बैंक लि. ले बैंकबाट क्रणि लिएकाहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । 

बैंकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको जनाएको छ । 

हाल बैंकले १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार  २ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।