काठमाडौं । नेपाल चलचित्र संघले आफूहरुको व्यवसायलाई बाधा असर पर्ने गरी चलचित्र विकास वोर्डको नेतृत्वबाट नियतबव गतिविधि भइरहेको भन्दै वोडका अध्यक्ष भुवन केसीमाथि आपत्ति प्रकट गरेका छन् । यसप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरुले यस्ता गतिविधि बन्द नभए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
संघका महासचिव नरेन्द्र महर्जनद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चलचित्र संघको अस्तित्वलाई नस्वीकार्ने, सीमित व्यक्तिहरूको घेराबन्दीमा रही व्यक्तिवादी निर्णय गर्ने, सेन्सर सिफारिसमा आलटाल गर्ने विनाकारण रात्रि शो बन्द गराउने, कर्मचारीहरूद्वारा हाम्रा सदस्यहरूलाई धम्की दिने र अनेक बहानामा दुःख दिनेजस्ता कार्यहरु तत्काल रोकी सहमति र सहकार्यमा अगाडि बढ्न आग्रह गर्दछौं ।’

प्रतिक्रिया