Logo

मनोरञ्जन

अन्जु पन्तको स्वरमा ‘आफ्नै सासको त छैन भर’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा ‘आफ्नै सासको त छैन भर’ गीत सार्वजनिक भए संगै दर्शकको मन जित्न सफल भएको छ ।

मोडल तथा युवा गीतकार मनोज सिग्देल (युरेश) को शब्दरचना र बबिता मानन्धरको सगीत रहेको गीतको भिडियोलाइ अन्जु पन्त अफिसियलबाट सार्वजनिक गरिएको थियो । ‘आफ्नै सासको त’ भिडियोमा पछिल्लो समयकी लोकप्रिय मोडेल स्मारिका ढकाल, मनोज सिग्देल र चादनी कुँवरको अभिनय रहेको छ ।

मन्दिरा उप्रेतीको निर्माण रहेको भिडियोमा उजन कुमार भारतीको सिनेमाटोग्राफी ,राकेश दाहालको सम्पादन रहेको भिडियोलाई रामजी ज्ञवालीको निर्देशन रहेको छ । गीतकार मनोज सिग्देल (युरेश) को यसअघि गायक सुगम पोखरेलको स्वरमा “लाखौमा एक तिमि” गीत आएको थियो जसलाई दर्शकले अत्यधिक मन पराएका थिए ।

त्यस्तै उनको गायक बुद्ध लामाको स्वरमा ”आफु भन्दा जेठी” ,रचना रिमालसँगको ‘तिमि बिना मुटु दुख्छ’,  लकडाउनको तीज लगायत गीतहरु बजारमा आइसकेका छन्  । पूराना लोकप्रिय गायकगायिका देखि नयाँ युवा पुस्तासंग पनि उतिकै काम गर्न सिपालु युवा गीतकार एबम मोडेल सिग्देलले यो तिहार लगतै पछाडी लोकप्रिय गायक राजु लामाको स्वरमा पनि गीत आउदै गरेको जानकारी दिए ।

प्रकाशित मिति : आश्विन ८, २०७९ शनिबार  ४ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।