Logo

प्रमुख समाचार

नेवानिले सुरु गर्‍याे अन्तर्राष्ट्रिय गन्तव्यमा ‘अनलाइन टिकट बुकिङ’ सेवा



काठमाडाैं । नेपाल वायु सेवा निगमले आजदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय गन्तव्यमा अनलाइन टिकट बुकिङ सुरु गरेको छ । अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुले आजदेखि अनलाइनमार्फत टिकट लिन सक्ने व्यवस्था मिलाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

उनका अनुसार यात्रुले विश्वको कुनै पनि ठाउँबाट निगमको वेबसाइटबाट अनलाइन बुकिङ गरी टिकट खरिद गर्न सक्नेछन् । निगमले अहिले दिल्ली, मुम्बई, बेङगलोर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

अनलाइन टिकेटिङ सेवामार्फत संसारभरका यात्रुलाई टिकट खरिदमा सहजता हुने निगमले विश्वास लिएको छ ।

प्रकाशित मिति : आश्विन १०, २०७९ सोमबार  ९ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।