Logo

खेलकुद

दश करोड पुग्यो लुडोको डाउनलोड



काठमाडौं । नेपाली युवाहरूले बनाएको नेपाली गेमिङ एप लुडो ले १० करोड डाउनलोड पुरा गरेको छ । यार्सा गेमले तयार पारेको लुडोले सोमबार गुगल प्ले स्टोरमा १०० मिलियन डाउनलोडको आँकडा पुरा गरेको हो । यसअघि टेस्ला टेकले तयार पारेको ‘कल ब्रेक’ एप प्ले स्टोरमा १० करोड डाउनलोड आँकडा पार गर्ने पहिलो नेपाली एप बनेको थियो ।

करिब तीन वर्षअघि बनेको यो एपमा दैनिक २७ लाख र मासिक १ करोड ५० लाख भन्दाबढी सक्रिय प्रयोगकर्ता रहेका छन् । जसमध्ये सबैभन्दा धेरै भारतमा रहेको लुडो निर्माता कम्पनी यार्सा गेमका सहसंस्थापक एनजे सुवेदीले जानकारी दिए ।

‘अहिले भारत, पाकिस्तान, युएई, इन्डोनेसिया, ब्राजिलमा लुडो प्रयोगकर्ताको सङ्ख्या बढी छ,’ उनले भने, “नेपालमा भने लगभग ५० लाख पटक डाउनलोड भएको छ ।”

यार्साले लुडोसहित म्यारिजकलब्रेकरम्मीधुम्मलड्राइभिङ स्कूल, सोलिटायर गरी एक दर्जनभन्दा बढी गेम बनाइसकेको छ ।

पोखरामा रहेको यो गेमिङ कम्पनीले बजारमा उपलब्ध रहेका गेमहरूसँग प्रतिस्पर्धा गर्दै यो सफलता हात पारेको हो । एक्लै हुँदा होस् वा परिवार, साथीभाइमाझ हुँदा, लुडो एउटा लोकप्रिय गेम बनेको छ ।

गेमका प्रयोगकर्ता किशोर तथा बालबालिकाभन्दा पनि मध्यम उमेर समूहका छन् । ‘हामीले एकदमै गज्जबका फिचर राखेर यो एप बनाएका थिएनौं,’ एनजे भन्छन्, ‘दुई दिनमा तयार पारिएकाे लुडोमा सामान्य तथा सजिलो लाग्ने यूआई यूएक्स छ । यही सरलपन धेरैले रुचाइदिनु भएको छ ।’

प्रकाशित मिति : आश्विन ११, २०७९ मंगलबार  १२ : ०१ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।