Logo

मनोरञ्जन

फिल्म ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक, यस्तो देखिए दया र सौगात



काठमाडौं ।  दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । यही असोजको २१ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा राई र मल्लका अलावा उपासना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेन, सुष्मा निरौला, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरेलगायतका कलाकारहरुको अभिनय छ । 

ट्रेलरमा दया र सौगातबीचको मित्रता र दुई नायिकासँग दुई साथीको प्रेमलाई देखाइएको छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा सह–निर्माताको रुपमा मिठ्ठु तामाङ्नी रहेकी छिन् ।

सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा जयन जे वाइवाको संगीत रहेको छ। फिल्मका लेखक तथा निर्देशक दीपेन्द्र लामा हुन् ।

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार ०८:५७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।